• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरी स्वास्थ्यको बारेमा अध्ययन हुने


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ ।
    एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा काम गर्दै आएको सुरुवात नामक संस्थाका माध्यमबाट नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुन लागेको हो । सुरुवातले हाल क्यानडामा स्थीत The Research Institute of Health, McGill University Health Centerको सहयोगमा “Measuring the Sexual and Reproductive Health and Rights and Responding to the Needs of Indigenous PLHIV Women’s and Girl’s in Nepal” आदिवासी एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र आवश्यकताहरू अध्ययन नामक परियोजना अन्तर्गत उक्त अध्ययन हुन लागेको हो ।

    Advertisement

    एचआइभी सङ्क्रमितहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा कसैको पनि चासो नरहेको अवस्थामा आदिवासी एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सवालमा अध्ययन हुनु आफैमा चुनौतीको विषय भएको सुरुवातका राजेश दिदियाले जानकारी दिनुभयो ।

    एचआइभी सङ्क्रमितहरूको विषयमा यौन तथा प्रजनन स्वास्थ्य उपचारका लागि तथा परामर्शको लागि जो कोही स्वास्थ्य संस्था सम्म पुग्दा समेत किन चाहियो प्रजनन स्वास्थ्य सेवा भन्ने अवस्था रहेको बताउँदै उहाँले आदिवासी जनजातिहरू अझ महिला तथा किशोरीहरूको अवस्था अझ भयावह रहेको दिदियाले जानकारी दिनुभयो ।

    उक्त परियोजना मार्फत विश्वका ७ देशहरूमा एकै पटक आदिवासी जनजाति महिला तथा किशोरीहरूको विषयमा अध्ययन हुने उहाँले जानकारी दिनुभयो । नेपालमा भने यस परियोजनालाई सुरुवातले व्यवस्थापन गर्न लागेको जानकारी दिँदै नेपालका २२ जिल्लाका आदिवासी जनजाति महिला तथा किशोरीहरूको प्रजनन स्वास्थ्य र अधिकारका विषयमा अध्ययन गर्न लागेको दिदियाले जानकारी दिनुभयो । यो परियोजना विश्वका ७ देशहरूमा, जसमध्ये न्यु जिल्यान्ड, ग्वाटेमाला, पेरु, क्यानडा, नाइजेरिया, भारत, र नेपाल समावेश छन्, कार्यान्वयनमा रहेको छ।
    नेपालमा, यो परियोजनाले एचआइभी सङ्क्रमित आदिवासी जनजाति किशोरी तथा महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको ज्ञान, अवस्था, तथा भविष्यमा गर्नु पर्ने कार्यहरूको अध्ययन गर्ने लक्ष्य राखेको सुरुवातका अध्ययन व्यवस्थापक अनुप अधिकारीले जानकारी दिनुभयो । यो अध्ययन ART सेन्टरहरू र स्थानीय संस्थाहरू मार्फत २२ वटा जिल्लामा व्यवस्थित रूपमा सञ्चालन गरिनेछ । यस कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन राष्ट्रिय सल्लाहकार समितिको बैठक हालै सम्पन्न भएको छ । बैठकले परियोजनाको कार्यान्वयनका लागि आवश्यक सहमति र निर्देशन प्रदान गरेको छ।

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation