देवदह । रुपन्देहीको देवदह नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप दिगोपना सुनिश्चितता नगरपालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा भएको हो ।
घोषणा सभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप दिगोपन्ना सुनिश्चितता दुबै घोषणा गर्ने यो जिल्लाकै पहिलो भएको बताउदै शुभकामना व्यक्त गर्नुभएको थियो । उहाले स्वास्थ्यकर्मीको मिहिनेतले गर्दा नै स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न सकिएको र नगरले आगामी दिनमा पनि स्वास्थ्यलाई प्राथमिक्ता दिएर अगाडि बढ्ने कुरामा आफू आसावादी रहेको बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।
सोही अवसरमा १२ वटै वडामा रहेका आधारभुत स्वास्थय सेवा केन्द्र, स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी र स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
यसैगरी स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको सङ्ख्या ९४१ र खोप लगाईएको बालबालिकाको संख्या ९५२ जना रहेको र घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बञ्जाडेले बताउनुभयो ।
देवदह नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
देवदह नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
Advertisement
तपाईको प्रतिक्रिया