दाङ। दाङमा बन्चरो प्रहारबाट दुई महिलाको हत्या भएको छ । शनिबार अपराह्न घोराही उपमहानगरपालिका-१० पहेलपारमा एक अटो चालकले बन्चरो प्रहार गरी दुई जना महिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही-१० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेको प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए।
घर्तीले सधैंजसो दुई महिलालाई अटोमा बजारबाट घर छोड्ने गरेको र शनिबार पनि घर छोडेको केहीबेरमा विवाद भएपछि बन्चरो प्रहार गरी घरमै हत्या गरेको डिएसपी मल्लले बताए ।
हत्यापछि घर्ती अटो छोडेर भागेका थिए । उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए ।
डिएसपी मल्लका अनुसार घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएका छन् ।
दाङमा बन्चरो प्रहारबाट दुई जनाको हत्या
दाङमा बन्चरो प्रहारबाट दुई जनाको हत्या
Advertisement
तपाईको प्रतिक्रिया