प्युठान। जिल्लाको सरुमारानी गाउँपालिकाले सँचालन गरेकाे अल्ट्रासाउण्ड शिविरमा १५८ जना गर्भवतीले सेवा लिएका छन्।
शिविरमा गर्भवतीहरूको नि: शुल्क भिडियो एक्सरे गरिएको थियो।
गाउँपालिकाका ६ वटै वडामा चैत्र १५ गतेदेखि सुरु भएको शिविर मंगलबार सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो।
उहाका अनुसार शिविरमा गर्भवतीहरुको नियमित गर्भ जाँच,खानपान,स्वास्थ्य हेरचाह सम्बन्धि आवश्यक सल्लाह तथा परामर्श सेवा समेत प्रदान गरिएको थियो। पालिकाले गाउँघरमै शिविर संचालन गरेर सुविधा दिएको भन्दै स्थानिय महिलाहरु खुसी भएका छन्।
Advertisement