• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो ।

    Advertisement

    आइतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी निःशुल्क ओपिडीमा ९७ जनाले ओपिडी सेवा लिएको तथा ३० जनाको कानको श्रवण परिक्षण गरिएको नाक कान घाँटी रोग विज्ञागको विशेषज्ञ चिकित्सक डा. सुमेध मिश्राले जानकारी दिए ।

    सो क्रममा धेरैको नाक कान घाँटी सम्बन्धी र कानको श्रवण सम्बन्धी समस्याहरुले देखिएको छ । चिकित्सकहरुले कानको श्रवणमा समस्या देखिएकाहरुलाई आवश्यक परामर्श सहित कानको श्रवणको उपचार गर्न सल्लाह दिएका थिए । परिक्षणमा वयस्क महिला पुरुष, ज्येष्ठ नागरिक र बालबालिकाहरु पनि सहभागी थिए । चिकित्सकहरुले नेपालमा कानको श्रवण सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने, ज्येष्ठ नागरिकमा श्रवण सम्बन्धी समस्या आइपरेपछि देखिने शारिरीक र मानसिक अवस्थाका बारेमा सचेतना समेत दिएका थिए ।

    विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च ३ लाई विश्व श्रवण दिवसका रुपमा मनाउने गरेको छ । नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सक डा. सुमेश मिश्राका अनुसार गर्भावस्थामै गर्भको शिशुको श्रवण शक्तिको परीक्षण गर्ने विधिहरु आइसकेको छ । पेटमा रहेको शिशुको श्रवण क्षमताको परीक्षण गरी शिशु जन्मिएको ६ महिनासम्ममा श्रवण समस्याको उपचार गर्न सकिने डा. मिश्राको भनाई छ । ‘गर्भावस्थामै धेरै यस्ता संक्रमणहरु छन् जो आमाबाट बच्चामा पास हुँदैगर्दा जन्मजात नै श्रवण सम्बन्धी समस्या हुने गरेको छ । त्यस्ता संक्रमणको रुटिन प्रोफाइलहरु हरेक प्रसुति तथा स्त्री रोग विशेषज्ञले गर्नुहुन्छ ।’ डा. मिश्रा भन्छन् ।

    गर्भवती अवस्थामा अत्याधिक मात्रामा औषधीहरु खासगरी प्रसुति रोग विशषज्ञ चिकित्सकले सिफारिस नगरीकन सेवा गर्दा पाठेघरमा रहेको बच्चाको स्वास्थ्यमा असर गर्दछ । ‘धेरै औषधीहरु हुन्छन् जसलाई अटो टक्सिस गुण भन्छौं । त्यसले पछि गएर बच्चाको कानमा असर गर्नसक्ने भएकोले कुशल र अनुभवी प्रसुति तथा स्त्री रोग विशेषज्ञको सल्लाहमा औषधी सेवन गर्नुपर्छ ।’ नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी तथा नाक कान घाँटी सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने भन्दै डा. मिश्राले भने ।

    कान नसुन्ने समस्या बालबालिका र ज्येष्ठ नागरिकमा बढी मात्रामा हुने भन्दै डा. मिश्राले ज्येष्ठ नागरिकहरुमा ‘म कान सुन्दिन’ भन्दा अरुले कमजोर ठान्ने वा सामाजिक, पारिवारिक हिनताभाव महशुष गर्ने भएकाले उनीहरुले खुलेर भन्न नसकेको जिकीर गरे । ‘हामी कहाँ आउने अधिकांश बा आमाहरुमा हेयरिङ एड लगाउँदा कसैले केही भन्ने होकि, गिज्याउने हो कि भन्ने चिन्ता देखिएको छ । कान नसुन्ने समस्यालाई आजको दिनमा उपचार गरेर निको पार्न सकिन्छ । कान नसुन्दैमा समाजमा बाच्न सकिँदैन भन्ने भ्रमबाट मुक्त गर्नु अपहिरहार्य छ ।’ यसका लागि परिवारका ज्येष्ठ नागरिकलाई कानको समस्या छ वा कान नसुन्ने समस्या देखिएको छ भने उनीहरुको उपचार गर्न ध्यान दिनुपर्ने भन्दै भने ।

    कलेजले श्रवण सम्बन्धी सचेतना फैलाउन तथा आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न निःशुल्क ओपिडी तथा श्रवण सम्बन्धी परिक्षण सेवा दिइएको जनाएको छ ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation