• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

सांसद डा. शर्माद्वारा भोजपुरको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर


  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित
  • भोजपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।

    Advertisement

    पुस २३ र २४ गते भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१८ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा नोबेल मेडिकल कलेजबाट मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक कान घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायत विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।

    पौष २३ गते भोजपुरको हतुवागडी गाउँपलिका वडा नं. २, घोडेटारको सगरमाथा माध्यामिक विद्यालयमा र पौष २४ गते आमचोक गाउँ पालिका वडा नं. ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी सांसद डा.सुनिलकुमार शर्मा थिए । शिविरलाई संवोधन गर्दै उनले शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताए । आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु पर्ने राज्यको दायित्व भएको जिकीर गर्दै आफु सदैव गरिब, विपन्न नागरिकको पक्षमा रहेको बताए ।

    स्वास्थ्य शिविरबाट अपरेशन गर्न रेफर भएका बिरामीहरुलाई विराटनगरको नोबेल शिक्षण अस्पताल तथा काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गर्ने घोषणा गर्दै सांसद शर्माले भने, ‘यो शिविरबाट अपरेशन गर्न रेफर हुनुभएका सम्पूर्ण बिरामीको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु ।’ डा.शर्माले शिविरमा आएका १३८ जना अतिविपन्न नागरिकलाई नोबेलमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको घोषणा गरे ।

    शिविरमा नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्यद्वय बिनोद बान्तावा, मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, नेपाली काँग्रेसका क्षेत्रिय सभापति मदन खुलाल, जिल्ला समन्वय समितिका कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष अशोक राई लगायतको उपस्थिति रहेको थियो ।

    स्वास्थ्य शिविरमा २७५ जनाको भिडियो एक्सरे, १२६ जनाको ईसिजि, ३६१ जनाको ल्याब परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । भने, ३१० जनाको आँखा जाँच, ३५३ जनाको जनरल मेडिसिन, १२५ जनाको छाला रोग, १८५ जनाको स्त्री तथा प्रसुति, ११८ जनाको सर्जरी, ३२५ जनाको हाडजोर्नी, १५० जनाको नाक कान घाँटी, ६० जनाको दन्त रोग, ३० जना बाल रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।

    काठमाडाैं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले सांसद डा. शर्मा जनताले घरदैलाेमै स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने साेच लिएकाे अगाडी बढेकाेले उनकाे साेचलाई पूर्णता दिन काठमाडाैं मेडिकल कलेज पनि सामाजिक उत्तरदायित्व अन्तरगत अगाडी बढिरहेकाे बताए ।

    शनिबार, पुष २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...