• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कमल थापा भन्छन्– माधव कुमार नेपाल देखेर मलाई उदेक लाग्छ


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • काठमाडौं  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एसका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई देखेर आफूलाई उदेक लागेको बताएका छन् ।

    Advertisement

    माधप कुमार नेपालको नाममा आज बिहीबार एक खुला पत्र लेख्दै अध्यक्ष थापाले अरुलाई गाली गरेर लोकप्रिय भइन्छ भन्ने माधव नेपालभित्रको भ्रमलाई देखेर आफूलाई आश्चर्य लागेको बताएका हुन् । विभिन्न राजनीतिक घटनाक्रमहरूको साक्षी समेत रहेका अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहबारे दिएका पछिल्लो अभिव्यक्तिलाई लिएर थापाले खुला पत्र लेखेका हुन् ।

    यस्तो छ पत्र–

    ‘पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई खुलापत्र’

    प्रिय माधव जी, राजालाई चुनाव लड्न आउ भन्नु भएको समाचार सुने । डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनु भएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्र प्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भईन्छ भन्ने भ्रमबाट पुर्व प्रधानमन्त्री समेत भैसकेको तपाईं अझै मुक्त हुननसकेको देख्दा उदेक लागेको छ ।

    २०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ । राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राती भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ । त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लंघन गरेर बिदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको संघीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रूपान्तरण भएको छ । ललिता निवास जग्गाकाण्ड, सुनतस्करी र नक्कली भुटानी शरणार्थी काण्ड लगायतका दर्जनौ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन् । शायद तपाईंको पनि नाम मुछिएको छ ।

    अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन बिदेशीको नेपालमा आशिर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हावी भएको छ । देशभित्र सामान्य जागिर नपाएर लाखौं युवाहरू बिदेशिन बाध्य भएका । धर्मपरिवर्तनको डढेलोले देश आक्रान्त भएको छ ।

    यो अवस्थामा जनताले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजेका छन् । नैतिक शक्ति बोकेको साझा अभिभावकको रूपमा राजसंस्था खोजेका छन् । त्यसैले राजसंस्थाको लोकप्रियता बढेको छ ।

    वंश परम्परामा आधारित राजसंस्था तपाईंलाई मन नपरेको होला । तपाईँलाई त्यस्तो धारणा राख्ने अधिकार भए जस्तै राजासहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ भन्ने अधिकार हामीलाई पनि छ ।

    यदी तपाईलाई संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न । हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्ने वारे जनमत संग्रह गरौँ । सँधैको लागि यो विवादको छिनोफानो गरौँ ।

    वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ । तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ । सक्नुहुन्छ हुन्छ जनमत संग्रह गर्न? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी ।

    तपाइँको मित्र
    कमल थापा

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation