प्युठान । नेपाल विद्यार्थी संघले प्युठान नगरपालिकाको शिक्षा शाखामा तालावन्दी गरेको छ ।
नेविसंघले यसअघि असोज ७ गते नगरपालिकामा पेस गरेको ज्ञापन पत्रको सुनुवाई नभएपछि तालाबन्दी गरिएको संघ सम्बद्ध नेताहरुले बताएका छन । आफूले राखेको माग पुरा नभएसम्म नगरपालिकाको शिक्ष युवा तथा खेलकुद शाखामा लगाईएको ताला नखोलिने जिल्ला अध्यक्ष कल्याण विक्रम के.सी.ले बताए ।
Advertisement
प्युठान नगरपालिकाको शिक्षा शाखामा काजमा रहेका शिक्षकहरुलाई सम्वन्धित विद्यालयमा फिर्ता पठाईनुपर्ने नेवि संघको माग छ ।