• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

लोकप्रिय समाचार

  • १. कर्मचारीले राजनीति गरे जागिर जाने

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ५. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ६. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ७. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ८. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

  • ९. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • १०. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

ऐरावती २ पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • प्युठान । ऐरावती गाउँपालिका वडा नं २ बरौलालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमकाबीच घोषणा कार्यक्रम गरिएको हो । सुरक्षित मातृत्व, हामी सवैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी, दिगो बनाउ सधैभरी भन्ने मुल नाराका साथ वडालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको हो ।
    वडामा आर्थिक वर्ष २०७९।०८० मा सबै गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै सुत्केरी हुन आएपछि वडालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी गरिएको मापदण्ड २०७६ अनुसार तथा जिल्ला समन्यव सभा प्युठानद्धारा पारित पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा स्थानीय तह तथा जिल्ला घोषणा निर्देशिका २०७९ बमोजिम विभिन्न प्रक्रिया पुरा गरी पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको हो। वडा नं २ मा आर्थिक वर्ष ०७९।०८० मा कुल ५३ जना गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका थिए ।
    कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका पहेन अधिकृत रिता न्यौपाने , ऐरावती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दलका प्रतिनीधि, महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्य महिला आमा समुह लगाएतको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पालिकाका ६ वटा वडा मध्ये वडा नं २ लाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको बताउनुभयो । घोषणासंगै यसको निरन्तरता दिनका लागि योजना बनाएर अगाडी बढन उहाँले आग्रह गर्नुभयो । सन् २०३० सम्म राष्ट्रलाई नै पूर्ण सुरक्षित मातृत्व सेवा युक्त राष्ट्र घोषणा गर्ने योजना अनुरुप हामीले पनि वडा नं २ बाट घोषणा कार्यक्रम गरेको बताउनुभयो । २ वडा संगै अन्य वडा र पालिकालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त पालिका घोषणा गर्नका लागि योजना सहित अगाडी बढने समेत गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।
    वडा नं २ लाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गर्नका लागि सहयोग पुर्याउने पुरन्ठाटी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनीधि, महिला स्वास्थ्य स्वयंमसेविका , स्वास्थ्य आमा समुह लगाएत सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो । पालिकाले चालु आर्थिक वर्ष ०८०।०८१ मा कुनैपनि गर्भवती महिला कुपोषित नहोस भन्ने उदेश्यले पोषणसम्बन्धी थुप्रै कार्यक्रम लागु गर्ने समेत पालिका अध्यक्ष शाहले बताउनुभयो ।

    Advertisement

    यसैबीच, पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा कार्यक्रममा ऐरावती गाउँपालिका अन्र्तगत पुरन्ठाटी स्वास्थ्य चौकीबाट हुने सेवा प्रवाहका क्रममा आ.व. ०७९।०८० मा पदिय जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नुभई यस संस्थाको संस्थागत विकासमा योगदान पुर्याएको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा हेल्थ असिस्टेण्ट सुनिता के.सी., उत्कृष्ट नसिङ्ग कर्मचारीको रुपमा उषा आर.सी.लाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य चौकीबाट हुने सेवा प्रवाहका क्रममा पदीय जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने स्वास्थ्यकर्मीहरु स्वास्थ्य चौकी प्रमुख लक्ष्मी जि.सी., सपना विष्ट, संजिवनी आर.सी, महेन्द्र राउत, हिमा बोहरा, जनक राउत , सुस्मा श्रेष्ठ लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यालय सहयोगी शोभा अधिकारी र बिमला पुलामीलाई पनि प्रशंसाा पत्र प्रदान गरिएको थियो । ऐरावती गाउँपालिका अन्र्तगत पुरन्ठाटी स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवालाई आम नागरिकमा सहज र सर्वसुलभ प्रदान गर्न योगदान पुर्याएको भन्दै १० वटा आमा समुह र पुरन्ठाटी स्वास्थ्य चौकी अन्र्तगतका ९ जना महिला स्वास्थ्य स्वयंमसेविकालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
    डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित
    पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा
    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    भर्खरै

    • १.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • २.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ३.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ४.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ५.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ६.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    • ७.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

    • ८.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...