अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली नजिकैको भिरबाट खसेको ढुङ्गाले लागेर बुधबार दिउँसो एक महिलाको मृत्यु भएको छ । सुपादेउराली मन्दिरबाट १२० मिटर अगाडि झोलुङ्गे पुलको तल गोरूसिङगे सन्धिखर्क सडकखण्डको कुनापट्टी पुजाका सामाग्रीको ट्याङकीमा व्यापार गर्दै आएको सन्धिखर्क ७ कि ३६ बर्षिय कल्पना थापाको मृत्यु भएको वडा अध्यक्ष चुरा केसीले जानकारी दिनु भयो। महिलाले सामाग्री बेच्न बसेको बेलामा एक्कासी भिरबाट खसेको ढुङ्गाले शरिरको पिठ्युँमा लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । अहिले मृतकको सवलाई जिल्ला अस्पताल सन्धिखर्क पठाउने तयारी भैरहेको छ ।
Advertisement