टेकबहादुर पुन,दाङ । लमहीमा ट्याक्टरको ट्रलीबाट खसेर एकजनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा बाँके स्थित फुलटेग्रा निवासी २० बर्षिया करण कुर्मी बर्मा रहेका छन । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । पश्चिमबाट पुर्ब तर्फबाट आउँदै गरेको रा ७ त २२८६ नम्बरको ट्याक्टरमा सवार लमही नगरपालिका वडा नम्बर ९ स्थित रिहारमा ढालाबाट खस्दा उनको मृत्यु भएको हो ।
ट्याक्टर र चालक राजु प्रधान अहिले प्रहरीको नियन्त्रणमा छन । घटनाको अनुसान्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले बताए ।