प्यूठान। स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको मुख्य आकर्षणको केन्द्रविन्दुमा रहेको प्युठान डान्स आइडलमा आज आईतबार २९ जनाले प्रतिस्पर्धा गर्दै छन्।
‘मेघा राउण्डबाट छनौट भएका ५१ जनाबाट घटेर आज २९ जनाले प्रतिस्पर्धा गर्दै छन्।’ प्युठान डान्स आइडल संयोजक प्यार अलि खानले भने, ‘निर्णायकको मूल्यांकन तथा दर्शकको भोटिङका आधारमा विजेता घोषणा गर्नेछौं।’
आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन्। उत्कृष्ठ १० जना प्रतियोगी छनौट भएसंगै भोटिङ सुरु गरिने छ। मेला हेर्न आउने दर्शक भोटिङमा सहभागी हुनेछन्।
प्युठान डान्स आइडललाई टाइटल प्रायोजन लुम्बिनी सिटि अस्पताल बुटवलले गरेको छ।
जिल्लाका ९ वटै स्थानिय तहमा पुगि नृत्य प्रतिभा छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समितिले जनाएको छ।
महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवम् प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले प्यूठान डान्स आइडल नृत्य प्रतिभाको उजागर गराउने कार्यक्रम रहेको बताएका छन्। ‘आइडल कार्यक्रम मार्फत जिल्लाको नृत्य प्रतिभा राष्ट्रिय स्तरसम्म चिनिने अवसर प्राप्त हुनेछ।’ नेपाली नृत्य कला संस्कृतिलाई संरक्षण गर्न तथा नृत्य प्रतिभाको प्रस्फुटन गराउन प्यूठान डान्स आइडल कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उनले चर्चा गरे।
प्यूठान डान्स आइडल : आज २९ जनाले प्रतिस्पर्धा गर्दै
प्यूठान डान्स आइडल : आज २९ जनाले प्रतिस्पर्धा गर्दै

Advertisement
तपाईको प्रतिक्रिया