पिकअपको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते

टेकबहादुर पुन दाङ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा पिकअप गाडीको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएका छन । पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ८८० नम्बरको पिकअपले रा ७ प १५७६ नम्बरको मोटरसाईकललाई  ठक्कर दिँदा मोटरसाईकल सवार २ जना घाईते भएका हुन । पश्चिमबाट पुर्ब आउँदै गरेको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ । घाईते हुनेहरुमा लमही नगरपालिका वडा नम्बर ७ हसनापुर बस्ने बर्ष २८ का रोशन बिसी र सोही ठाउँ निवासी बर्ष २९ का कुशल थापा रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
रोशन बिसीको खुट्टामा गहिरो चोट लागेको छ भने कुशल थापाको टाउकोमा सामान्य चोट लागेको छ । घाईतेहरुको लमही अस्पतालमा सामान्य उपचारपछि घोराही रिफर गरिएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...