• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

थातथलोको मोहले फर्कायो खुसी


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • धनकुटा । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो । गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मिए, उतै हुर्किए र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताए। केही दिनअघि भने उनी धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुगेका छन्, जुन उनको पुर्खाको जन्मभूमि हो ।

    Advertisement

    पाको उमेरको समेत परवाह नगरी जीवनको उत्तराद्र्धमा आउनुको कारण दर्शाउँदै पोखरेलले भने, “यो एक तीर्थस्थल हो, म यहाँ तीर्थको दर्शन गर्न आएको हुँ । यहाँ आएर मैले पुर्खाले खेलेको, हुर्केको, कुदेको कल्पना गर्न पाएँ ।” बच्चादेखि नै यस ठाउँका बारेमा बुवाबाट सुने पनि ८१ वर्षको उमेरमा आफ्नै आँखाले देख्न र खुट्टाले टेक्न पाउँदा असाध्यै खुसी लागेको पोखरेलको भनाइ छ । यसरी आर्थिक, सामाजिक तथा अन्य परिवेश देखाउँदै गाउँघर तथा देश छाड्ने प्रचलन बढ्दै गएको अहिलेको सन्दर्भमा जन्मभूमिको महत्व कति हुँदो रहेछ भन्ने उदाहरण बनेका छन् ८१ वर्षीय पोखरेल । गङ्गाप्रसाद स्थानीय मोहनलाल पोखरेलका नाति हुन् । मोहनलालका तीन छोरामध्ये दुई भाइ चुङ्माङमै रहे। कान्छा छोरा चन्द्रकान्त भने विसं। १९७२ सालमा म्यानमारतर्फ लागे । जतिबेला उनी १५ वर्षको मात्रै थिए। गङ्गाप्रसाद उनै चन्द्रकान्तका छोरा हुन् ।

    चन्द्रकान्त म्यानमारतर्फ लागे पनि नेपालमा रहेका दाजुभाइ र परिवारका अन्य सदस्यलाई उहाँ कहाँ गएको भन्ने थाहा थिएन तर चन्द्रकान्तले भने म्यानमार पुगेर उतै घरजम गरिसकेका थिए । चन्द्रकान्तले समेत जीवनको उत्तराद्र्धमा नेपाललाई धेरै सम्झिएको भए पनि फेरि फर्केर आउन भने नपाएको छोरा गङ्गाप्रसादले बताए । बुवाले चर्चा गरेकै कारण पनि आफूलाई नेपाल आउने इच्छा पलाएको तर जीवनको उत्तराद्र्धमा मात्रै यो अवसर जुरेको उनले बताए ।

    नेपाल आएपछि ठूलोबुवा लोकनाथ पोखरेलका परिवारसँग उनको भेट भयो । यो दुई परिवारको १०७ वर्षपछिको भेट थियो । यता १०७ वर्षपछि भेट हुँदा ठूलो बुवाका छोरा दाजु चूडामणि पोखरेलको भने मृत्यु भइसकेको थियो तर भाउजू, भतिजाभतिजीसँग भेट भयो, उहाँहरू पनि चुङ्माङ बसाइँ सरेर झापा गइसकेका थिए। गङ्गाप्रसाद त्यही पत्ता लगाएर सिधै झापा जानुभयो र झापाबाट पुख्र्यौली थलो चुङ्माङ हेर्न आए । नेपालमा रहने लोकनाथ पोखरेलका परिवारले भने चन्द्रकान्तका परिवार हराएको वर्षौं हुँदासमेत सम्पर्क तथा भेटघाट नभएकाले चन्द्रकान्तको परिवार नै छैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation