रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालनमा ल्याएको छ ।
साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर १० शय्याको नगर अस्पताल सञ्चालन गरिएको हो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।
नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । सोमबार अस्पताल उद्घाटन गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले स्वास्थ्य उपचारको लागी अव नगरबासीलाई सहज हुने बताउनुभयो ।
आफूले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाको भनाई छ ।
नगर प्रमुख खरेलले सबै नगरवासीलाई सहजरुपमा आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने घोषणा गर्नुभयो।
नगर अस्पताल उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदहमा नगर अस्पताल सञ्चालन सँगै स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने बताउनुभयो ।
नगर अस्पतालमा हाल एकजना मेडिकल अधिकृत, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियनले सेवा दिने छन् भने निकट भविष्यमै एकजना मेडिकल अधिकृत थप गरिने अस्पतालका प्रमुख डा. डिल्लेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध हुने छ।
देवदहमा नगर अस्पताल सञ्चालन
देवदहमा नगर अस्पताल सञ्चालन

Advertisement
तपाईको प्रतिक्रिया