रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु भएको छ, भने अर्की छोरी घाइते भएकी छन् । आइतबार जाजरकोट भेरी नगरपालिका–१ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छन् । अहिले तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले उनी खतरामुक्त रहेकी बताइएको छ ।
आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै गरेका बालमती र उनकी छोरीहरु पानी परेपछि रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए ।
सोही क्रममा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । त्यसपछि उनीहरुको प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।