बांके। जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी छानबिनमा तानिएका छन्। न्याय परिषदले उनलाई सर्वोच्च तानेर छानबिन थालेको हो। उनीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो। सोही आधारमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च तानेर मुद्दाको सुनुवाइबाट अलग गराएका हुन्। परिषद्ले छानबिन गरेर उनीमाथि थप कारबाहीको निर्णय लिनेछ। यसअघि पनि काठमाडौंका तीन सहित केही न्यायाधीशमाथि छानबिन भइरहेको छ। न्याय परिषदले बितेका १० दिनमा ५ जना न्यायाधीशलाई बर्खास्त गरेको छ।
Advertisement