पाल्पा। नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाद्वारा आयोजीत चारदिने आधारभूत प्राथमिक उपचार तालिम शुक्रबार तानसेनमा सम्पन्न भएको छ ।
Advertisement
सडक र अन्य दुर्घटनामा परेका व्यक्तिहरुलाई दक्ष चिकित्सक सम्म पुर्याउन पुर्व घाइते वा विरामीहरुको अवस्था बिग्रीन नदिन प्राथमिक उपचार, प्रभावकारि उपचार र दुर्घटना न्यूनीकरणका उपायका बारेमा जानकारी दिन तालिम संचालन गरिएको हो ।
तालिममा तानसेन नगरपालिका क्षेत्र भित्रका २० जना सहभागी रहेको तालीम संयोजक बिनोद भारतीले जानकारी दिए ।
तालिमलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय प्रशिक्षक राजु राउतसहित पदम पौडेल र सत्यजित थापाले सहजीकरण गरेका थिए ।