प्यूठान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मल्लरानी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट शिवराज श्रेष्ठ र गठबन्धनबाट राष्टि जनमोर्चाका कृष्ण खड्काले उम्मेदवारी दिएका छन ।खड्का राजमोका प्यूठान जिल्ला अध्यक्ष समेत हुन। उपाध्यक्षमा एमालेबाट इश्वरा आचार्य र गठबन्धनबाट नेपाली कांग्रेसका रमेश कुमार श्रेष्ठले उम्मेदवारी दिएका हुन । एमालेबाट १ नं. वडामा खुमानसिंह राहुँ, २ नं. वडामा रामु पौडेल, ३ नं. वडामा नोमराज पौडेल, ४ नं. वडामा गोपाल प्रसाद नकर्मी र ५ नं. वडामा रामबहादुर थापाको वडा अध्यक्षका लागि उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका १ ंनं. वडामा चिन्त बहादुर राहुँ, २ नं. वडामा लेखबहादुर विष्ट, ३ नं. वडामा शिव पौडेल र नेपाली कांग्रेसका ४ नं. वडामा कुमार श्रेष्ठ र ५ नं. वडामा गोपाल थापाले मनोनयन दर्ता गराएका छन । नेकपा (एकीकृत समाजवादी पार्टी)बाट १ नंं वडामा झविलाल राहुँले उम्मेदवारी दिनुभएको छ ।
मल्लरानी गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ र खड्का
मल्लरानी गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ र खड्का
Advertisement
तपाईको प्रतिक्रिया