• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

बागलुङमा गठबन्धन दलले मोर्चाबन्दी गर्ने


  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । बागलुङका सबै स्थानीय तहमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेका छन । बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी सहित पाँच दलको चुनावी गठबन्धन हुने भएको हो । आईतबार काँग्रेस जिल्ला सभापति जीत शेरचनको अध्यक्षतामा बसेको जिल्ला स्तरीय नेताहरुको बैठकले स्थानिय तहको निर्वाचनमा पालिका स्तर देखि वडा तहसम्म एक भएर अगाडी बढ्ने निर्णय गरेका छन ।

    Advertisement

    बैठकले गठबन्धनमा रहेका राजनितिक दलको केन्द्रिय निर्णयको स्वागत गर्दै केन्द्रिय निर्देशन बमोजिम नै वडा तह देखि नै प्रतिवेदन तयार पार्नका लागि सबै दलका एक एक जना प्रतिनिधी रहने गरी पाँच सदस्यीय कार्यदल निर्माण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरेले जानकारी दिए । कार्यदलमा नेपाली काँग्रेसका जिल्ला सचिव हरिहर शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, नेकपा एकीकृत समाजवादीका गोविन्द गौतम, जनता समाजवादीका कृष्ण शर्मा र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल रहेका छन । कार्यदलले वडा तहसम्म अध्ययन गरी आगामी चैत २२ गते भित्र केन्द्रमा प्रतिवेदन बुझाउनु पर्ने नेपाली काँग्रेसका जिल्ला सभापति जीत बहादुर शेरचनले बताए ।

    प्रतिवेदन बुझाए पश्चात सोही अनुसार छलफल गरेर अगाडी बढ्ने उनले जानकारी दिए । जिल्लामा निर्वाचनका लागि सैद्धान्तिक र नितिगत छलफल गर्न एक राजनैतिक दलबाट २ जना प्रतिनिधि रहने गरी १० जनाको कार्यदल समेत निर्माण गरिने छ । त्यसका लागि हरेक दलले दुई / दुई जनाको नाम सिफारिस गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिईन । जिल्ला तहमा कुन ठाँउमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने अहिले निर्णय भएको छैन । पहिलो चरणमा अध्ययन गरेर प्रतिवेदन बुझाए पश्चात उक्त विषयमा उच्च स्तरीय संयन्त्र गराएर छलफल गरिने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामजी प्रसाद शर्माले बताए ।

    उनले यो गठबन्धन स्थानिय तहमा पहुँचमा पुग्न मात्र नभएर प्रगितमनकारी षडयन्त्रका विरुद्ध भएको बताए । उनले केन्द्रीय स्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताए । यो निर्वाचनमा तल्लो तहसम्म नै अध्ययन गरेर जनताको भावना अनुसार उम्मेदवार छनौट हुने गरी संयन्त्र निर्माण गरिने बताईएको छ । आगामी दिनमा सोही अनुसार उम्मेदवारको टुंगो लाग्ने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले बताए । उनले केन्द्रीय निर्णयलाई स्वागत गर्दै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाएर यो निर्वाचन गठबन्धनको पक्षमा लाग्ने गरी सबै राजनितिक दल लागेको बताए ।

    बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पा खड्का, काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्रबहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द उपाध्याय, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, राविज घिमिरे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, जनता समाजबादीका संघिय परिषद सदस्य प्रकाश बगाले लगायतका नेताहरुको उपस्थिति थियो ।

    आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...