• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

सुझाव पेटिकाले विद्यालयमा ल्यायो सुधार


  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । घरबाट विद्यालय गएकी १५ वर्षीया सरला (नाम परिवर्तन)एक युवकसँग एकान्तमा बसिरहेको उनकी साथीले देखेकी थिइन । विद्यालय पुगेर पनि दोस्रो पिरियडमै उनी घरमा काम छ भन्दै बाहिरिएकी थिइन । तर उनी घर नगइ एक किलोमिटर परको परालको टौवामा भारतीय एक युवकसँगै बसेकी थिइन । ती युवक मामाघर आएका थिए । उनले दुई सातादेखि सरलासँग प्रेमजाल बुन्दै आएका थिए । प्रलोभन देखाउँदै उनले बालिकामाथि गलत दृष्टि राखेका रहेछन् । सरलामाथि भएको गतिविधि देख्ने साथीले विद्यालयमा रहेको सुझाव पेटिकामार्फत यो जानकारी विद्यालयलाई गराएका हुन् ।

    Advertisement

    विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक (फोकल शिक्षक) र प्रधानअध्यापकको पहलमा सुझाव पेटिकामा आएका गुनासोलाई उच्च महत्व दिएर विद्यालयले तुरुन्तै सम्बोधन गरेपछि सरला भारतीय युवकको चंगुलबाट मुक्त भएकी थिइन ।

    बालबालिका जोखिममा पर्न लागेको जानकारी पाएलगत्तै अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको यो विद्यालयले जनाएको छ । सरला मात्रै होइन विद्यालयमा राखिएका सुझाव पेटिकाले धेरै बालबालिका दुव्र्यवहार तथा हिंसाका घटनाबाट जोगिन थालेका छन् ।
    ‘सरले कक्षामा केटीलाई जिस्काउने, केटीको ढाडमा मुसारेर पिट्ने समेत गरेको गुनसो आउँछन्,’ एक शिक्षकले भने । विद्यालयले घटनालाई गम्भीरताको साथ अनुसन्धान गर्न थालेपछि यस्ता गलत व्यवहार रोकिएको छ ।

    जिल्लाको एक विद्यालयमा रहेको गुनासो अभिलेख पुस्तिकामा रहेको अर्काे घटना यस्तो रहेको छ ।
    –रमिता र प्रमिला (नाम परिवर्तन) विद्यालय बाहिर गएर केटाहरूलाई भेट्ने गर्छन्, सीसीटीभी क्यामरा खोलेर हेर्न सकिन्छ ।
    –कक्षा १० (ए)का राम र विनिता (नाम परिवर्तन)माथि हलमा नराम्रो क्रियाकलाप गर्छन्, अरु विद्यार्थी जाँदा कविताले बाटो छेक्ने र ढोका बन्द गरी बछन । अन्य विद्यार्थीलाई समेत नराम्रो असर परेको छ ।

    गुनासो आएपछि सम्बन्धित विद्यार्थी, अभिभावक र गुनासो सुनुवाइ समिति मिलेर छलफल गरेका थिए । छलफलपछि बालबालिकाहरूले त्यस्ता क्रियाकलाप बन्द गरेको अभिलेखमा उल्लेख छ ।

    शुद्धोधन गाउँपालिकाको पूर्ण केशरी माविमा बग्दीमा सुझाव पेटिका प्रयोगपछि विद्यार्थीहरूका समस्या समाधान गर्न सहज भएको प्रअ लीला खनालले बताउँछिन् । सुझाव पेटिका साप्ताहिक रूपमा खोल्न लागेपछि बालबालिकाले उजुरी दिन थालेका हुन् ।

    बालबालिकाको गुनासो गोपनीयताका साथ सुनुवाइ भएको कारणले निर्धक्क भएर मौखिक र लिखित (उजुरी पेटिकामा) रूपमा गुनासो आउने गरेको छ । सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्बन्धित विद्यार्थी, उनका अभिभावक, गुनासो सुनुवाई समितिसमेत बसेर समाधान गरेको फोकल शिक्षक शान्ता अर्याल बताउँछिन् । समयमै गुनासोको सुनुवाई गर्दा हिंसाको जोखिमबाट मुक्त भएका विद्यालयको पूर्वछात्राले अझै पनि स्मरण गर्दै धन्यवाद दिने गरेको अर्यालले बताइन् ।
    शुद्धोधन कै ठुलो नन्दन माविका फोकल शिक्षक सुनिता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाई छाडेका बालिकालाई विद्यालयमा भर्ना गराउन सफल भएको बताइन् ।

    शिवराज नगरपालिका– ९ बानियाँभारमा सुझाव पेटिका प्रयोगको कारण विद्यालयमा सुधार आएको प्रअ विक्रम केसी बताउँछन् । २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै सुझाव पेटिका राखिएको थियो । तर, त्यो बेला कसरी खोल्ने, समस्या समाधान गर्ने विषयमा जानकारी भने थिएन ।

    गत वर्ष युनिसेफ नेपाल र एजुकेसन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि बारे प्रशिक्षण गरिएको थियो । एजुकेसन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्रअ र फोकल शिक्षकलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्ने बारे जानकारी भएको प्रअ केसीले बताए ।

    गुनासो सुनुवाइ समितिमा बाल क्लबबाट एक बालिकासहित दुई जनाको प्रतिनिधित्व हुन्छ । विद्यालयमा अहिले दुई स्थानमा गुनासो पेटिका राखिएको छ । त्यसमध्ये एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा राखिएको छ । ‘गुनासो पेटिका राख्दा कार्यालय अगाडि राख्न नहुने र कर्मचारीको नजर पर्ने ठाउँमा राख्न नहुने रैछ । शिक्षक एक्लैले खोल्न नहुने रैछ । हरेक साता खोल्नु पर्ने र गोपनीयता कायम गर्नु पर्ने रहेछ । तालिमपछि थाहा भयो,’ प्रअ केसीले भने ।
    ‘शिक्षकलाई सिँधै भन्न नसकिने, पढाई नभएका, शिक्षकले गरेका कमी कमजोरी गुनासो पेटिकामा हाल्न लागेपछि शिक्षकको व्यवहार समेत परिवर्तन भएको छ ।’ सरस्वती मावि सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीले भनिन् ।

    सुझाव पेटिका खोल्दा विद्यार्थी समेत सहभागी हुने र समस्या सुनुवाइ हुने गरेको कक्षा ९ मा अध्ययनरत सचिव कुमार आले बताउँछन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधिअनुसार पाल

    शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation