• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

सुझाव पेटिकाले विद्यालयमा ल्यायो सुधार


  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । घरबाट विद्यालय गएकी १५ वर्षीया सरला (नाम परिवर्तन)एक युवकसँग एकान्तमा बसिरहेको उनकी साथीले देखेकी थिइन । विद्यालय पुगेर पनि दोस्रो पिरियडमै उनी घरमा काम छ भन्दै बाहिरिएकी थिइन । तर उनी घर नगइ एक किलोमिटर परको परालको टौवामा भारतीय एक युवकसँगै बसेकी थिइन । ती युवक मामाघर आएका थिए । उनले दुई सातादेखि सरलासँग प्रेमजाल बुन्दै आएका थिए । प्रलोभन देखाउँदै उनले बालिकामाथि गलत दृष्टि राखेका रहेछन् । सरलामाथि भएको गतिविधि देख्ने साथीले विद्यालयमा रहेको सुझाव पेटिकामार्फत यो जानकारी विद्यालयलाई गराएका हुन् ।

    Advertisement

    विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक (फोकल शिक्षक) र प्रधानअध्यापकको पहलमा सुझाव पेटिकामा आएका गुनासोलाई उच्च महत्व दिएर विद्यालयले तुरुन्तै सम्बोधन गरेपछि सरला भारतीय युवकको चंगुलबाट मुक्त भएकी थिइन ।

    बालबालिका जोखिममा पर्न लागेको जानकारी पाएलगत्तै अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको यो विद्यालयले जनाएको छ । सरला मात्रै होइन विद्यालयमा राखिएका सुझाव पेटिकाले धेरै बालबालिका दुव्र्यवहार तथा हिंसाका घटनाबाट जोगिन थालेका छन् ।
    ‘सरले कक्षामा केटीलाई जिस्काउने, केटीको ढाडमा मुसारेर पिट्ने समेत गरेको गुनसो आउँछन्,’ एक शिक्षकले भने । विद्यालयले घटनालाई गम्भीरताको साथ अनुसन्धान गर्न थालेपछि यस्ता गलत व्यवहार रोकिएको छ ।

    जिल्लाको एक विद्यालयमा रहेको गुनासो अभिलेख पुस्तिकामा रहेको अर्काे घटना यस्तो रहेको छ ।
    –रमिता र प्रमिला (नाम परिवर्तन) विद्यालय बाहिर गएर केटाहरूलाई भेट्ने गर्छन्, सीसीटीभी क्यामरा खोलेर हेर्न सकिन्छ ।
    –कक्षा १० (ए)का राम र विनिता (नाम परिवर्तन)माथि हलमा नराम्रो क्रियाकलाप गर्छन्, अरु विद्यार्थी जाँदा कविताले बाटो छेक्ने र ढोका बन्द गरी बछन । अन्य विद्यार्थीलाई समेत नराम्रो असर परेको छ ।

    गुनासो आएपछि सम्बन्धित विद्यार्थी, अभिभावक र गुनासो सुनुवाइ समिति मिलेर छलफल गरेका थिए । छलफलपछि बालबालिकाहरूले त्यस्ता क्रियाकलाप बन्द गरेको अभिलेखमा उल्लेख छ ।

    शुद्धोधन गाउँपालिकाको पूर्ण केशरी माविमा बग्दीमा सुझाव पेटिका प्रयोगपछि विद्यार्थीहरूका समस्या समाधान गर्न सहज भएको प्रअ लीला खनालले बताउँछिन् । सुझाव पेटिका साप्ताहिक रूपमा खोल्न लागेपछि बालबालिकाले उजुरी दिन थालेका हुन् ।

    बालबालिकाको गुनासो गोपनीयताका साथ सुनुवाइ भएको कारणले निर्धक्क भएर मौखिक र लिखित (उजुरी पेटिकामा) रूपमा गुनासो आउने गरेको छ । सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्बन्धित विद्यार्थी, उनका अभिभावक, गुनासो सुनुवाई समितिसमेत बसेर समाधान गरेको फोकल शिक्षक शान्ता अर्याल बताउँछिन् । समयमै गुनासोको सुनुवाई गर्दा हिंसाको जोखिमबाट मुक्त भएका विद्यालयको पूर्वछात्राले अझै पनि स्मरण गर्दै धन्यवाद दिने गरेको अर्यालले बताइन् ।
    शुद्धोधन कै ठुलो नन्दन माविका फोकल शिक्षक सुनिता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाई छाडेका बालिकालाई विद्यालयमा भर्ना गराउन सफल भएको बताइन् ।

    शिवराज नगरपालिका– ९ बानियाँभारमा सुझाव पेटिका प्रयोगको कारण विद्यालयमा सुधार आएको प्रअ विक्रम केसी बताउँछन् । २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै सुझाव पेटिका राखिएको थियो । तर, त्यो बेला कसरी खोल्ने, समस्या समाधान गर्ने विषयमा जानकारी भने थिएन ।

    गत वर्ष युनिसेफ नेपाल र एजुकेसन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि बारे प्रशिक्षण गरिएको थियो । एजुकेसन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्रअ र फोकल शिक्षकलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्ने बारे जानकारी भएको प्रअ केसीले बताए ।

    गुनासो सुनुवाइ समितिमा बाल क्लबबाट एक बालिकासहित दुई जनाको प्रतिनिधित्व हुन्छ । विद्यालयमा अहिले दुई स्थानमा गुनासो पेटिका राखिएको छ । त्यसमध्ये एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा राखिएको छ । ‘गुनासो पेटिका राख्दा कार्यालय अगाडि राख्न नहुने र कर्मचारीको नजर पर्ने ठाउँमा राख्न नहुने रैछ । शिक्षक एक्लैले खोल्न नहुने रैछ । हरेक साता खोल्नु पर्ने र गोपनीयता कायम गर्नु पर्ने रहेछ । तालिमपछि थाहा भयो,’ प्रअ केसीले भने ।
    ‘शिक्षकलाई सिँधै भन्न नसकिने, पढाई नभएका, शिक्षकले गरेका कमी कमजोरी गुनासो पेटिकामा हाल्न लागेपछि शिक्षकको व्यवहार समेत परिवर्तन भएको छ ।’ सरस्वती मावि सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीले भनिन् ।

    सुझाव पेटिका खोल्दा विद्यार्थी समेत सहभागी हुने र समस्या सुनुवाइ हुने गरेको कक्षा ९ मा अध्ययनरत सचिव कुमार आले बताउँछन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधिअनुसार पाल

    शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation