बाँके । बाँके प्रहरीले नेपालगंज उपमहानगर पालिका – १० ट्राफिक चोकबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ ।
Advertisement
चोरी पैठारी गरी ल्याएको लत्ताकपडा, जुत्ता, फेस क्रम, पाउडर दुध लगायतका विभिन्न सामानहरु बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
करिब दुई लाख ५६ हजार ४ सय ५० रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।