कामनाडेली, काठमाडौं। गायक तथा सर्जक पुर्णचन्द्र केसीको लोकदोहोरी गीत बत्ती पालैमा सार्वनिक भएको छ । आइतबार शुभारम्भ डिजिटल म्युजिकको अफिसियल युटुव च्यानलबाट सो गीत सार्वजनिक भएको हो । गायक तथा सर्जक के.सीले यो गीतले बजार लिने दावी गर्नुभएको छ । पछिल्लो पुस्ताको लागी लक्षित गरी यो गीत ल्याइएको बताइएको छ ।
गीतमा माया पिरती लगाएतका बिषय समेटिएको छ । गीतमा चन्द्र शर्मा, मिना लामा, पुर्णचन्द्र के.सी र टिका सानुले स्वर दिनुभएको छ । लय खेम सेन्चुरीको रहेको छ भने शब्द पुर्णचन्द्र के.सीकै रहेको छ । यसै गरी अभिनय अञ्जली अधिकारी र पुर्णचन्द्र केसी लगाएतको रहेको छ ।
Advertisement