कामनाडेली, प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही ३५ हजार रुपियाँ उपलब्ध गराएको छ ।
Advertisement
गाउँपालिकाले १२ जना मृतकका परिवारलाई रकम सहयोग गरिएको अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो।
गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमको समाबेश गाउँसभाबाट विनियोजित ५ लाख रुपियाँ रकमबाट उनिहरुलाई राहत प्रदान गरिएको हो।
कार्यपालिका बैठकबाट निणर्य गरी राहतस्वरूप रकम उपलब्ध गराइएको उहाँको भनाइ छ ।
मृतकको रिपोर्ट, परिवारका सदस्यको नागरिकताको फोटोकपी र वडाको सिफारिसका आधारमा मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताउनुभयो। उहाका अनुसार कोभिड १९ बाट मृत्यु भएका १३ मध्ये एकजनाको कागजी प्रक्रीया नपुगेका कारण रकम भुक्तानी नगरिएको हो।