अनिल खत्री, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतक थापाले सोहि स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अबस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । महिला एक्लै माछा मार्न खोला गएकी थिइन् ।
घटना बारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक सहितको टोली घटना स्थल तर्फ लागेको प्रहरीले जनाएको छ ।
Advertisement