कामनाडेली,प्युठान । बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
Advertisement
जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो टिपर दुर्घटनामा परेको हो।
गरूडाबाट धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। खड्काका अनुसार उनिहरुको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । टिपर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।