अनुज पछाई, प्यूठान ।प्यूठानको गौमुखि गाउपालिका ३ मा रहेको तिखाचुली सामुदायिक वनमा आइतबार बिहान मानव कंकाल भेटिएको छ। जिल्ला प्रहरी कार्यलय प्यूठानका अनुसार जंगलको बीचमा रहेको रुखको फेदमा कुहिएको अवस्थामा पुरुषको कंकाल भेटिएको हो ।
कंकाल गत भाद्र १२ गतेदेखि बेपत्ता भएका गौमुखि गाउपालिका ५ रजबाराका हिमाल गुरुङको रहेको प्रहरीले जनाएको छ ।
मृतक गुरुङका छोरा प्रकाश गुरुङले जङगलमा खर काटन जाने क्रममा देखेर प्रहरीलाई जानकारी गराएका थिए । हिमाल गुरुङले लगाएको पाइन्ट ,टि–सर्ट र चप्पलबाट उनलाई पहिचान गरिएको प्रहरीले जनाएको छ । अहिले घटनाको थप अनुसन्धान गर्नको लागी प्रहरी टोली कंकाल भेटिएको स्थान तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी देवि प्रशाद गैरेले बताए ।
Advertisement