दाङ । देउखुरिको गढवा गाउँपालिका वडा नम्बर–६ परिचोकको एक जनाको गोठमा आगलागी भएको छ। आगलागीबाट गोठमा रहेको काठ,भुस दाउरा जलेर नष्ट भएको छ ।
स्थानीय चुडामणि खनालको घरमा सोमबार बिहान करिब साढे ८ बजे तिर गोठमा आगो लाग्न पुगेको थियो । बिहानको समयको पशु चौपाया लाइ खुवाउन दाना पकाइरहेको बेला गोठमा आगलागि भएको हुनसक्ने स्थानीयको अनुमान छ ।
पशु चौपायाको लागि दाना पकाउनको लागि बालिएको आगो बाट झिल्का निस्केर भुस परालमा सल्किन गइ आगलागि भएको हुन सक्नेू पिडित खनालले बताउनु भयो ।
घरमा आगो सल्किन नपाउदै स्थानिय प्रहरी तथा समुदायको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गोठमा खरिद गरेर राखिएको पुरानो घरको काठ सामाग्री जलेर काम नलाग्ने भएको पिडित खनालले बताउनु भएको छ। उहाँको अनुसार लगभग ३ लाख बराबरको समाग्री जलेर काम न लाग्ने भएको छ ।आगलागि बाट कुनै मानबिय क्षति भएको छैन । इलाका प्रहरी कार्यालय बाट गएको प्रहरि टोलि र स्थानीयको सक्रियतामा करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएको लिन सफल भएको इलाका प्रहरि कार्यालय गढवाका प्रहरी नायव निरक्षक जय बहादुर रानाले बताउनु भयो ।