• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लमही बजारलाई आधुनिक शहरको रूपमा विकास गरिने


  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,लमही  । दाङ देउखुरीको लमही बजारलाई आधुनिक शहरको रूपमा विकास गरिने भएको छ । शनिबार लमहीमा देउखुरी उद्योग वाणिज्य संघ लमहीको १८ औँ वार्षिक साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका उद्योग उपाध्यक्ष केशव पोख्रेलले सो कुरा बताएका हुन् । उद्योग उपाध्यक्ष पोख्रेलले आधुनिक शहर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने योजना अगाडि सारिएको बताए ।
    त्यसै गरि संघले देउखुरीमा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने, पसलहरूको मुल्यसुचीमा एकरूपता ल्याउने, लमही बजार क्षेत्रमा टान्सपोर्ट गाडी र हेभी गाडीलाई बजार प्रवेशमा रोक लगाई निश्चित स्थानबाट चल्न दिने, नयाँ एम्बुलेन्स खरिद गर्ने, नाका क्षेत्रबाट भन्सार नतिरी समान ल्याउँदा राजश्व चुहावट हुने गरेकाले सो कार्य रोक्न पहल गर्ने, घुमुवा व्यापार रोकी निश्चित स्थानबाट बिक्री गर्ने व्यवस्था मिलाउने, देउखुरी क्षेत्रको धार्मिक, साँस्कृतिक, पर्यटकीय क्षेत्र र व्यवसायीको विकासका लागि दाङ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव सञ्चालन गर्ने योजनालाई प्रतिवेदन मार्फत अगाडि सारिएको छ ।
    संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै नगर प्रमुख केसीले सवैको सहयोगबाट लमही बजारलाई सुन्दर नगरीको रुपमा विकास गर्न सकिने बताए । त्यसको लागि नगरपालिकाले एक्लै कुनै कार्य गर्न सम्भव नहुने हुँदा सवैको साथ र सहकार्य आवश्यक रहेको बताए ।
    त्यसै गरी कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाले कोइलाबास नाकालाई चलाइमान बनाउन आवश्यक रहेको बताएका छन् । नाका क्षेत्रको बजार विस्तार गर्न उद्योगी व्यापारी सँगै स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।
    कार्यक्रममा संघ निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले पालिकाले विभिन्न बाहानामा कर लगाएर व्यापारीहरुको ढाँड सक्ने खोजेको बताए । सभामा वार्षिक प्रतिवेदन उद्योग उपाध्यक्ष केशव पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जागेश्वर बसेलले प्रस्तुत गरेका थिए ।
    संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा जनता समाजवादी पार्टीका किशोर घर्ती मगर, नेकपा विप्लवका लमही नगर इन्चार्ज जनक विक, राष्ट्रिय जनमोर्चाका ताराप्रसाद खनाल, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, सिसहनियाँ उद्योग वाणिज्यका अध्यक्ष पुणर्बहादुर बुढाथोकी, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र शर्मा, गढवा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष रवीलाल आचार्य, लमही खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष तथा पत्रकार लिला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, नयाँ युगबोधका राधेश्याम गुप्ता, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, व्यापारी गंगाराम भट्टराई, कानुनी सल्लाहकार शेषमणी गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    Advertisement

    शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    भर्खरै

    • १.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • २.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ७.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ८.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...