• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ६. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ७. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

ओलीले क्रान्तिकारी धार छाडेर राजाबादीसँग साँठगाठ गर्न पुगे : माधव नेपाल


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • बुटवल । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपि ओलीले क्रान्तिकारी धार छाडेर राजाबादीसँगको साँठगाठ गर्न पुगेको आरोप लगाएका छन । उनले ओलीले कम्यूनिष्ट धारबाट स्खलित भएको बताए । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार गर्न नसकेकै कारण विद्रोह गर्न बाध्य भएको बताए । उनले नेकपा एमालेलाई ओलीले दक्षिणपन्थी बाटोमा लगेको आरोप लगाए ।
    उनले एमालेले आफ्नो क्रान्तिकारी धार त्यागेकै कारण आफूहरुले अलग बाटो रोज्नुपरेको बताए ।‘चिवनमा भएको कुभ्भमेलामा देख्नुभएन, आफैले आफैलाई अध्यक्ष बनाएको’ नेपालले ब्यङग्य गर्दै भने –‘ओलीमा भएको म नै सर्वेसर्वा, म नै राज्य भन्ने प्रवृत्तिले यो अवस्था आएको हो ।’ उनले महाधिवेशले एमालेलाई ओलीको प्राइभेट लिमिटेड बनाएको टिप्पणी गरे ।
    अध्यक्ष नेपालले ओलीले माक्र्सबादी विचारधाराको पार्टीलाई भुत्ते बनाएर राजाबादीसँग साठगाठ र विदेशी शक्तिसँग लम्पसार परेको बताए । ‘कमल थापासँग ओली जीको साँठगाठ बढेको छ, मध्यरातमा खुवियाहरुसँग भेटघाट गरेको थाहै छ’ नेपालले भने –‘केपि ओलीमा स्खलन भयो, एमाले कम्यूनिष्ट धारमा छैन ।’ उनले पानी जहाजको गफ हाँकेर टावरमा अर्बो रकम हालेर समाजवाद नआउने भन्दै आलीलाई कटाक्ष गरे ।
    उनले अहिलेको मुख्य प्रधान विरोध दलाल नोकरशाही पूँजीवाद नै भएको बताए । उनले नोकरशाही दलाल पूँजीवादलाई राजनीतिक संरक्षण भएकाले त्यस्तो प्रवृत्तिको विरोधमा आफ्नो पार्टी रहेको बताए । उनले आफूहरु कार्यकर्तामाझ भिजेको पार्टी बनाउने अभियानमा सामेल भएको बताए । उनले समाजवादी पार्टी चुनावदेखि चुनावसम्मको पार्टी नभएको बताए ।
    ‘चुनावदेखि चुनावसम्म होईन, हामीले जनतादेखि जनतासम्म भनेका छौं’ अध्यक्ष नेपालले भने –‘त्यसैले हामीले जनताको मूल्यांक, निगरानीमा बस्ने पार्टी बनाउँदैछौं’ उनले भने । उनले समाजवादी पार्टीलाई असल कार्यकर्ताहरुको पार्टी बनाउने बताए । उनले त्यसका लागि कार्यकर्ताहरुले माक्सवाद, प्रगतीशिल साहित्यहरु अध्ययन गर्नुपर्ने बताए ।
    त्यत्रो खर्च गरेर, पार्टी कार्यालय बनायौं भनेर कतिपय साथीहरु भन्नुहुन्छ, साँच्चि भन्ने हो भने केपि ओलीले बनाएका होईनन्’ नेपालले भने –‘घर हेर्दै रुदै बस्नुभन्दा त्यहाँबाट बाहिरिएका छौं, अब फेरी घर बनाउनेछौं, कार्यालय बनाउनेछौं ।’
    उनले कार्यकर्तालाई मिठो बोलेर पार्टी संगठन निर्माणमा जुट्न समेत अपिल गरे । नेता नेपालले अब अब निर्वाचन प्रणालीमा परिवर्तन गुर्नपर्ने बताए । खर्चिलो र महगो बनेको निर्वाचन प्रणालीमा भोज र पैसामा भोट बेच्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए । ‘धनीले मात्रै चुनाव लड्ने स्थिती आएको छ, अब यसमा सुधार गर्नुपर्छ’ नेपाललले भने ।
    एमाले विभाजनपछि पहिलो पटक शक्ति प्रदर्शन सहित नेकपा एकीकृत समाजवादी रुपन्देहीले जिल्ला स्तरीय कार्यकर्ता भेला एंव प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा समाजवादीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले आफूहरुले विचारको पार्टी निर्माण गर्ने बताए । उनले ओलीले कम्यूनिष्ट विचारबाट च्यूत गरेका कार्यकर्तामा नयाँ उर्जा थप्ने बताए । उनले सामाजिक कुरिती विसंगती विरुद्ध पार्टीलाई उभ्याउने बताए । उनले कार्यकर्ताहरुलाई किताब अध्ययन गर्न आग्रह गरे । कार्यक्रममा समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला अध्यक्ष राजु गुरुङ, सचिव अविराम विश्वकर्मा लगायतले बोल्दै रुपन्देहीको भेलाले उत्साह थपेको बताउँदै ठूलो पार्टी बनाउने बताए । उक्त विभिन्न पार्टी परित्याग गरि २ सय बढि समाजवादीमा प्रवेश गरेका छन ।

    Advertisement

    पार्टी कार्यालय उद्घाटन

    नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री नेपाललले एक समारोहका विच पार्टी कार्यालय उद्घाटन गरेका हुन ।

    बुटवल ८ सुख्खानगरमा प्रदेश र जिल्ला कमिटिको संयुक्त कार्यालय स्थापना भएको हो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे । उनले निर्वाचनहरु नजिक आइरहेकाले तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्त दुरुस्त रुपमा राख्न समेत आग्रह गरे । उनले प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए । उद्घाटन समारोहमा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव भागवत विश्वसी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, सिद्धिचरण भट्टराई लगायतका नेताहरुको उपस्थिती थियो ।

    कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने जिल्ला अध्यक्ष राजु गुरुङले बताए ।

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    भर्खरै

    • १.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • २.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ४.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ५.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ६.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ७.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ८.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation