गुल्मीमा मृत चितुवा फेला

अनिल खत्री, गुल्मी । गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाटमा मृत चितुवा भेटिएको हो ।
मिमिया फाट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानियले देखे पछि स्थानिय प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन बन कार्यायल गुल्मीमा जानकारी गराएको थियो ।
डिभिजन बन कार्यालय गुल्मीबाट सायक बन अधिकृत पंकज कुमार ठाकुर सहितको टोलीले घटनास्थाल पुगी डिभिजन बन कार्यालय गुल्मीमा ल्याएको थियो । ६ फिट ४ इन्ज लामो करिब ३० केजीको चितुवालाई कार्यालय परिसरभित्र खाडल खनी ब्यवस्थापन गरिएको छ ।
२÷३ दिन अघि मरेको हुन सक्ने डिभिजन बन कार्यालय गुल्मीका सायक बन अधिकृत पंकज कुमार ठाकुरले बताए । वयस्क चितुवा के कारणले मरेको हो खुल्न सकेको छैन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...