• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

सात हात्तीले मच्चाए झापादेखि कञ्चनपुरसम्म आतङ्क


  •   बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन् । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन् । गत केही वर्षयता उद्दण्ड स्वभावका यी हात्तीले तराई र भित्री मधेसका २४ जिल्लामा सयौँ व्यक्तिको ज्यान लिएका छन् भने करोडौँ रुपियाँ बराबरको भौतिक क्षति पु-याउने काम पनि निरन्तर भइरहेको छ । सन् २००० देखि २०२० सम्मको अवधिमा ३८० जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ भने ४१२ जना सख्त घाइते भएका छन् । मानवीय तथा भौतिक क्षति पु-याउने यी हात्तीलाई सरकारले समस्याग्रस्त हात्ती घोषणा गरेको छ ।

    Advertisement

    उमेर समूह १० देखि २५ वर्ष रहेका यी युवा हात्ती सबै भाले हुन् । यी हात्तीले विशेष गरी वर्षको दुई मौसममा बढी क्षति पु(याउने गरेको अध्ययनले देखाएको छ । असार, साउन र भदौ तथा कात्तिक र मङ्सिर महिनामा भाले हात्तीलाई मात लाग्ने गर्छ । मत्ता हात्ती गाउँबस्ती पस्दा क्षति पु-याउने गरेको छ ।

    नेपालका हात्तीको विषयमा विद्यावारिधिको शोध अध्ययन गरिरहनुभएका अशोककुमार रामका अनुसार झापा, कोसीटप्पु, पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा क्षेत्रमा ती हात्तीले वितण्डा मच्चाइरहेका छन् । समस्याग्रस्त हात्तीको पहिचान गर्न सजिलो होस् भनेर हात्तीको बानी, व्यवहार, आचरणअनुसार नामकरण पनि गरिएको छ । गोविन्दे, ध्र्रुवे, रोनाल्डो, गणेश, मकुना, बाघे, दाँते नाम राखिएका हात्ती मानव बस्तीमा पस्ने, घर भत्काउने, मानिसलाई लेखेट्ने, मार्नेलगायतका काम हुँदै आएका छन् ।

    केही वर्षअघि चितवन र पर्सा क्षेत्रमा उद्दण्ड मच्चाउँदै आएको ध्रुवेलाई गोली हानेर मार्ने निर्णय सरकारले गरेको थियो । नेपाली सेनाको टोलीले ७२ वटा गोली प्रहार गर्दा समेत बाँचेको ध्रुवे हात्तीले अझै हानि–नोक्सानी गर्न छाडेको छैन । गत चैत महिनामा गैँडा गणना गर्ने क्रममा ध्रुवेले आक्रमण गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक जना कर्मचारी सख्त घाइते भएका थिए । मकुना नाम गरेको हात्तीले कोसीटप्पु आसपासका क्षेत्रमा क्षति पु-याउँदै आएको छ ।

    कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृतसमेत रहनुभएका शोधकर्ता रामले भन्नुभयो, “नेपालमा रैथाने हात्तीले त्यति दुःख दिएको छैन । आफ्नो समूहबाट अलग्गिएर भारतबाट नेपाल आएका किशोर हात्तीले मान्छे मार्ने, घर भत्काउने, बालीनाली नोक्सानी पु(याउने काम गरेको देखिन्छ ।” उहाँले सन् २००० देखि सन् २०२० सम्म नेपालमा हात्तीले पु¥याएको क्षति बारे अध्ययन गर्नुभएको छ । सो अध्ययनमा ७५ प्रतिशतभन्दा बढी घटना यिनै समस्याग्रस्त सात हात्तीबाट भएको पाइएको छ ।

    हात्तीले क्षति गर्ने समयको अध्ययन गर्दा साँझको ७ बजेदेखि रातिको ११ बजेसम्म अधिकांश घटना हुने गरेका छन् । हात्ती बस्तीमा पस्दा राँको बाल्ने, होहल्ला गरेर धपाउने गरिन्छ । यस क्रममा हात्तीको आक्रमणमा जाँड, रक्सी सेवन गरेका अधिकांश व्यक्ति पर्ने गरेका अध्ययनबाट देखिएको छ । गोरखापत्रबाट ।

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation