जनक पन्थ, गुल्मी । हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै डेढ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् । यतिबेला गायक गायिकाहरु तिज गीतहरु बजार ल्याउन भ्याइ नभ्याइ छ ।
लोकप्रिय गायिका गायत्री थापाको तिज कोसेली बजारमा आएको छ । गायिका थापाको ‘सुतेर खाउली’ बोलको गीत सार्बजनिक भएको छ ।
गीतमा लाहुरेसँग माया प्रेमका कथा बस्तु समेटीएको छ । लाहुर गएर सुतेर खाउली उठेर नाचउली भन्दै लाहुरे जाम भनेर कर गरेको कथा बस्तु गीतमा उल्लेछ ।
गीतमा प्रमीकाले लाहुरे बेइमानी हुने र लाहुरेसित नजाने कथा बस्तु गीतमा रहेको छ । लाहुरेले बिभिन्न खाने लगाउने लोक देखाएर लैजान खोजेको गीतमा कथा बस्तु रहेकाले धेरै दर्शक श्रोताले मन पराउने गायिका गायत्री थापाले बताइन ।
गीतकार राजु सुनामको लय शब्द रहेको गीतमा गायिका गायत्री थापा र रामजी खाँडको स्वर रहेको छ। गायक रामजी र मोडक करिश्मा ढकालको अभिनय रहेको गीत शिब दर्शन प्रतिले बजार ल्याएको छ ।
गीतको पुरा भिडियो
गायत्री थापाको तिजको कोसेली ‘सुतेर खाउली’ सार्बजनिक
गायत्री थापाको तिजको कोसेली ‘सुतेर खाउली’ सार्बजनिक

Advertisement
तपाईको प्रतिक्रिया