गायिका शान्ता परियारको तिज कोसेली ‘एक्लै बनियोे’ सार्बजनिक

अनिल खत्री, गुल्मी । लोकप्रिय गायीका शान्ता परियारको तिज गीत ‘एक्लै बनियो’ सार्बजनिक भएको छ । माया प्रेममा आधारित रहेको तिज गीतमा गायीका शान्ताको आफ्नै लय तथा शब्द रहेको छ । जवानी ढल्कीदै जान थालेपछि बिहेपनि नहुनु एक्लै बन्दै जानु कथा बस्तु गीतमा रहेको गायिका परियारले बताइन् ।
अबिवाहित नारिहरुको पिडालाई गीतमा समाबेश गरिएको छ । गीतमा दुर्गेश थापा, महेन्द्र गौतम, आसिर प्रताव जंग, बिनोद भण्डारी नारायण खत्री लगायतका कलाकारहरुको उत्कृष्ट्र अभिनय देख्न सकिन्छ ।
मौलीक भाकामा तयार गरिएको गीतलाई धेरै दर्शक श्रोताले मन पराउने गायिका परियारले बताइन । गीत गायिका शान्ता परियारको युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

गीतको पुरा भिडियो

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...