कामना डेली, सुनसरी । सुनसरी प्रहरीले भारतीय सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्राएका ६ लाख बढी मुल्यको अवैध सामान बरामद गरेको छ।
जिल्लाको भोक्राहा नरसिंह गाउपालिका र इनरुवा नगरपालिकामा भारतिय बजारबाट भन्सार छलि ल्याउदै गरेको ६ लाख २७ हजार २५० रुपिया मूल्य बराबरको अबैध सामान प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरीले भन्सार छलेर ल्याईएको चिनि, कुखुराको अण्डा, चौपाय खसी सहितको सामान ढुवानीमा प्रयोग भएको को. १ च ९७३३ नम्बरको सवारी साधन समेत बरामद गरेको प्रहरीले जनाएको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद भएको सामान आवश्यक कारबाहीका लागि सेतुवन्ध भन्सार कार्यालय सुनसरी कोशी ब्यारेज पठाइदिएको जनाएको छ ।