• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

बागलुङमा पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान 


  •   बिहिबार, असार १०, २०७८ मा प्रकाशित
  • बागलुङ । प्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार÷सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको हो । शाखा संयोजक थम्मन थापा सन्देश, सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । पाँच वटा रेडियोसहित पत्रिका र अनलाइन माध्यममा कार्यरत पत्रकार÷सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र ढङ्गले कलम चलाइरहेका पत्रकारलाईसमेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रेडियो गलकोट, सारथी, परिवर्तन, ढोरपाटन, बुर्तिबाङ पत्रिकातर्फ गलकोटपत्र साप्ताहिक, अनलाइनमा बडिगाड, निसीखोला न्यूज र ढोरपाटन पोष्टका प्रमुख एवं पत्रकारको उपस्थिति रहेको थियो । रेडियोलाई पाँच÷पाँच प्याकेट मास्क, पाँच वटाका दरले सेनिटाइजर र सिटामल, अनलाइनलाई दुई प्याकेटका दरले मास्क, सेनिटाइजरलगायत प्रदान गरिएको हो । “सङ्कटका बेला पत्रकारहरुप्रति सङ्गठनले दर्शाएको सानो सद्भाव हो यो, चरणबद्ध रुपमा जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य सामग्री बाँड्छौँ”, संयाजक थापाले भन्नुभयो । सदरमुकामसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा रहेका सञ्चार संस्था र पत्रकारलाई एक÷दुई दिन भित्रैमा स्वास्थ्य सामग्री वितरण गरिने सङ्गठनले जनाएको छ । जिल्लाभरमा गरी रु. ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गर्न लागिएको सङ्गठनका सचिव अनिष खातीले बताउनुभयो । सङ्गठनमा आबद्ध पदाधिकारी÷सदस्य तथा शुभेच्छुकहरुबाट सङ्कलित सहयोग रकमबाट स्वास्थ्य सामग्रीको जोहो गरिएको उहाँको भनाइ छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रेडियो, पत्रिका, अनलाइन मिडिया प्रमुख तथा प्रतिनिधिले प्रेस संगठन नेपाल प्रति संयुक्त रूपमा आभार प्रकट गरेका छन । विषम परिस्थितिमा प्रेस संगठन नेपाल बागलुङ शाखाले परोपकारी कार्यको शुभारम्भ गरेकोमा प्रशंशा समेत व्यक्त गरे । यसअघि सङ्गठनले पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित ‘सहायता कक्ष’ पनि निर्माण गरेको थियो । उक्त कक्षमार्फत् सङ्क्रमित पत्रकारको उपचार र अन्य सहायताका लागि आवश्यक समन्वय गर्ने काम भइरहेको जनाइएको छ । सङ्गठनले संस्थागत विकास कोष, पुरस्कार कोष स्थापनासहित पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाएर काम थालिएको जनाएको छ । प्रेस सङ्गठन नेपाल पूर्ण प्रेस स्वतन्त्रताको रक्षासहित श्रमजीवी पत्रकारको हितका पक्षमा सक्रिय छ ।

    Advertisement

    बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation