महाराजगंजमा घर नक्सापास कार्यक्रम सुरु

सनिउल्ला धोबी कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकामा नक्सापास कार्यक्रम सुरु भएको छ । महाराजगंज नगरपालिकाले आज पहिलो पटक सेवाग्राहीलाई नक्सापासको प्रमाणपत्र प्रदान गरेको छ । यस आर्थिक बर्ष देखी नक्सा पास कार्यक्रम लागु गरिएको महाराजगज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

महाराजगंज नगरपालिकाबाट सबैभन्दा पहिले वडा नं २ का राम चन्द्र कहारले नक्सा पास निर्माण सम्पन्नको पत्र बुझ्न् भएको महाराजगंज नगरपालिका प्रम्ुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिका क्षेत्रमा कुनै पनि व्याक्तीले घर निर्माण गर्दा तथा नयाँ संरचनाको अनिवार्य रुपमा नक्सा पास गर्नुु पर्ने इन्जिनियर सुनिल कुमार चौधरीले बताउनु भयो ।
राम चन्द्र कहारले नक्सा पासको पत्र पाएपछी खुसी व्यक्त गर्नु भयो । छिटो छरितो तरिकाले आफुले घर नक्सापास निर्माण सम्पन्नको प्रमाण पत्र पाएको कहारले बताउनु भयो ।

महाराजगंज नगरसभाले चालु आर्थिक बर्ष देखी घर नक्सा पास कार्यक्रम सुरु गर्ने नगर सभाबाट पारित गरेको थियो । नगरपालिकामा घर नक्सा पास गर्ने फाइल पेश भएको छ । असार मसान्त भन्दा पहिले सबैले निर्माण सम्पन्नको प्रमाण पत्र पाउने महाराजगंज नगरपालिकाले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...