हुलाकी सडक हिलाम्य, नागरिकलाई सास्ती

हुलाकी सडक हिलाम्य, नागरिकलाई सास्ती
माधव बेल्बासे, चन्द्रौटा,कपिलवस्तु। विगत तीन दिन देखि परेको अविरल वर्षाका कारण हुलाकी सडक हिलाम्य हुदाँ नागरिकहरुलाई सास्ती भएको छ । निर्माण अवस्थामा रहेको सडकमा आवतजावतमा समस्या भइरहेको बेला पानीले थप समस्या परेको छ । कपिलवस्तुको खरेन्द्रपुर देखि कर्मा जोडने हुलाकी राजमार्गमा अहिले नागरिकहरु हिड्न सक्ने अवस्थाको छैन् । निर्माण भइरहेको सडकमा माटो राखिएको र पानी परेपछि हिलाम्ये भएको हो ।
शिवराज नगरपालिका १० मा पर्ने शितलापुरका नागरिकहरु सडक हिलो हुदा पैदल यात्रा गर्न समेत नसकिरहेको स्थानिय राकेश रायमाझीले बताउनुभयो । घर वाट बाहिर निस्कने अवस्था नरहेको भन्दै रायमाझीले आक्रोश पोखे । गाउँमा बस्ने नागरिकहरुलाई बजार सम्म विभिन्न कारणले आउनुपर्ने भएपनि अहिले आवतजावत गर्न नसकिरहेको उनले बताए । निर्माण कम्पनिले सुस्त गतीमा सडक निर्माण गर्दा वर्षातको समस्या झनै समयस्या हुन सक्ने स्थानियहरुको भनाई छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.