बाँकेमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु

बाँके। कोरोनाबाट बाँकेमा १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा पाँच जना जिल्लाभित्रका छन भने बाँकी पाँच जना अन्य जिल्लाबाट उपचारकालागि बाँके आएका संक्रमितहरु रहेका छन । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बैजनाथ गाँउपालिका ४ बाँकेकी ३८ वर्षिया महिला, कोहलपुर नगरपालिका १० का ४७ वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका १८ की ८५ वर्षिया महिला, कोहलपुर नगरपालिका १० बाँकेका ७१ वर्षिय पुरुष र खजुरा गाँउपालिका ४ बाँकेका ३२ वर्षिया महिला रहेका छन् ।त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ८ दाङका ५६ वर्षिय पुरुष, तुलसीपुर उपमहानगरपालिका १२ दाङका ४० वर्षिया महिला, बाँसगढी नगरपालिका ३ बर्दियाका ६४ वर्षिय पुरुष, बढैयाताल गाँउपालिका ६ बर्दियाका ६० वर्षिया महिला र घोराही उपमहानगरपालिका १८ दाङका ५१ वर्षिय पुरुषको समेत उपचारकै क्रममा मृत्यु भएको वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोनाको संक्रमणबाट उपचारकै क्रममा जिल्लाभित्रका २७९ र जिल्ला बाहिरका २५१ जनाको मृत्यु भएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.