जिल्ला अस्पताल बिजुवारलाई पोखरेल प्रतिष्ठानको सहयोग

कामना डेली, प्यूठान । पोखरेल प्रतिष्ठान (कण्ठु जैसी सन्तति), काठमाडौका तर्फबाट जिल्ला अस्पताल विजुवारका लागि १७५ थान एन्टीजेन किट उपलव्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको रोहवरमा उक्त किट जिल्ला अस्पताल प्यूठानलाई उपलव्ध गराउन लागिएको हो ।
कोरोना संक्रमणको जोखिमको परिस्थितिमा सहयोग गर्ने उद्देश्यले पोखरेल प्रतिष्ठानका सदस्य, स्वदेश तथा विदेशमा रहेका पोखरेल परिवारका सदस्य, आफन्तजन र शुभचिन्तकहरुका तर्फबाट स्वेच्छिकरुपमा आहन गरको अपील र जिल्ला अस्पतालसँगको समन्वयमा उक्त सहयोग गरिएको हो । सोही सहयोग अन्र्तगत झिमरुक गापालाई पनि ७५ थान किट उपलव्ध गराइने कार्यक्रम रहेको आउने दिनमा प्रतिस्ठानले झिमरुक गा पा को ओखरकोट स्वस्थ्य चौकीलाई एक्सरे मेसिन सहयोग गर्ने अभियान सन्चालन गरेको ले सम्पुर्ण सहयोगी हात हरुलाइ अपील गरिरहेको पोखरेल प्रतिष्ठानका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी गराउनुभयो ।
पोखरेल प्रतिष्ठान काठमाडौं जिल्लामा दर्ता भएको सामाजिक संस्था हो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.