तिमीले मलाई एकदिन बेवास्ता गरेर जानेछौ ।बेवास्ता जुनसुकै मोडमा हुन सक्छ ।बेवास्ताको कारण जे पनि हुन सक्छ ।बेवास्ता गर्ने तरिका जे पनि हुन सक्छ ।बेवास्ता त तिम्रो मतलबको कुरा हो ।तिमी जुनसुकै तरिकाले पनि बेवास्ता गर्न सक्नेछौ ।वर्तमान समयमा लाग्ला म कहिल्यै बेवास्ता गर्ने छैन ।यो त वर्तमान समयको कुरा न हो ।ज्यादै रिस उठेको दिन तिमीले मेरो रिस देखेर बेवास्ता गरेर हिड्न सक्नेछौ ।जब जब तिमीलाई रिसको आदत पर्नेछ तब तिमीले रिसलाई बेवास्ता गरेर प्रेमलाई मात्रै अंगीकार गर्नेछौ ।मैले पटकपटक भनिरहेछु मलाई तिम्रो रिस पनि प्रेमिल लाग्छ ।बेवास्ता त तिम्रो मतलबको कुरा हो ।बेवास्ता गर्ने तरिका पनि तिम्रै हातमा छ ।
मैले तिमीलाई भनेको थिएँ – प्रेममा अपेक्षा राख्नु हुँदैन कि उसले पनि मैले जस्तै प्रेम गरोस भनेर ।अपेक्षाले आफ्नै मन दुखाउँछ ।यसर्थ अपेक्षारहित प्रेम गरिरहेछु ।यदि म बेवास्ता गर्न लायक छु भने बेवास्ता भइरहुँला ।किन कि म आफुलाई जे छु त्यो स्विकार्छु ।
किन कि म बाटोको यौटा ढुङ्गा हूँ ।