• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

पर्सिदेखि नेपालगञ्जमा लकडाउन लागु हुंदै


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • बाँके । काेराेना भाइसरसकाे सङ्क्रमण बढ्दै जान थालेपछि बाँकेको नेपालगंजमा लकडाउन लागू हुने भएको छ।
    जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँले एक दिनमा ३ सय भन्दा बढी सङ्क्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताउनुभयो।

    बैशाख ९ गते विहीबारदेखि लागू हुने गरि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।
    अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । पहिलो पटक बाँकेमा एकैदिन ३२२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको ६३१ नमुना परीक्षणमा सोमवार एकदिनमा मात्रै ३२२ जना सङ्क्रमित फेला परेका छन् ।

    भेरी अस्पतालको ल्याबबाट २१९, बागेश्वरी ल्याबबाट ३७ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ६६ जना गरी ३२२ जनामा कोरोना पुष्टि भएको छ । यो नै बाँकेको हालसम्मकै ठूलो मात्रामा भेटिएका सङ्क्रमित सख्या पनि हो । यसले बाँकेमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण बाहिर गएको पुष्टि गरेको छ ।

    केन्द्रका अनुसार भेरी अस्पताल नेपालगञ्जमा भेटिएका सङ्क्रमित पनि हालसम्मकै उच्च हो । भेरीमा पछिल्लो २४ घण्टामा गरिएको ३७५ नमुना परीक्षणमा २१९ जनामा सङ्क्रमित पुष्टि भएका छन् । यसअघि बाँकेका शनिवार तीन वटा ल्याबमा गरिएको नमुना परीक्षणमा १०९ जना पुरुष र ९१ जना महिला गरी जम्मा २ सय जनामा कोरोना पुष्टि भएको थियो । समाचार गोरखापत्र अनलाइनमा प्रकाशित छ ।

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने
    राप्तीमा एण्टिबायोटिक प्रयोगबारे छलफल, सचेतना फैलाउन जोड
    नौबहिनीमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण र सम्मान
    सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा ‘युवा पहुँच परियोजना’ सक्रिय

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • २.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ३.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ४.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ५.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ६.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ७.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ८.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation