रुपन्देही। रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान घर भएका मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएकोे छ । पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना.६ ख.९४१ नंबरको बस र प्यूठानबाट बुट्वल जादै गरेको लु.२४ प.९७६८ नंबरको मोटरसाइकल आईतबार बिहान साढे पाँच बजेतिर ठोकिदा प्यूठानको झिमरुक गाउँपालिका १ सौतामारेका संजय खनाल र बाँदीकोट २ का अन्दाजि २१ बर्षिय फिरोज क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा ती युवकको ज्यान गएको हो। साथीको जन्मदिनमा सहभागी भएर चन्द्रौटाबाट बुट्वल तर्फ फर्कदै गर्दा उनिहरु दुर्घटनामा परेका हुन। ती युवक बुट्वलमा स्नातक तह अध्यनरत गर्दै थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटना बारे थप अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले बताएको हो ।
रुपन्देहीमा दुर्घटना हुँदा प्यूठानका दुई युवकको मृत्यु
रुपन्देहीमा दुर्घटना हुँदा प्यूठानका दुई युवकको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया