काठमाण्डौ- लोकप्रिय गायक तथा सर्जक बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्द सृजनामा “कदम कदममा” बोलको गीत बजारमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त जुर्मुराई रहेका गायक तथा सर्जक डाँगीका थुप्रै गीतहरु लोकप्रिय रहेका छन् । यस्तै स्थायी घर दैलेख भएका अर्का लोकप्रीय सर्जक गणेश चौलागाईंका सिर्जनाहरु पनि दर्शकहरुको अत्याधिक रोजाईमा पर्ने गरेका छन् । गीतमा पूर्णकला बि.सी र सुन्दर परियारको स्वर छ । यस गीतको भिडियोमा बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् बिनोद भण्डारीले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीत सुन्दर परियारको नाममा सार्बजनिक भएको हो । गीत सार्वजनिक भएसँगै बजारमा चर्चा बटुल्न थालेको छ ।
Advertisement