• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

ओलीले किन रोजे नारायणहिटीको आँगन ?


  •   सोमबार, माघ १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । बहुदल आउनुअघि हुने पञ्चर्‍यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन तर निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी सर्वोच्चको फैसला नआउँदासम्म सडकमा शक्ति देखाउन गएका थिएनन् ।

    Advertisement

    गत माघ ९ गते नेकपाको दाहाल–नेपाल समूहले भृकुटीमण्डपमा गरेको सभालगत्तै प्रधानमन्त्री ओलीले भनिदिए, ‘साँघुरो गल्लीमा मान्छे जम्मा पार्दैमा आमसभा हुँदैन । जनपरिचालन र आमसभा कस्तो हुन्छ, २३ गते हेर्नुस्, हामी देखाइदिन्छौं ।’ २३ गते आमसभा हुन्छ भनेर ओलीले सार्वजनिक कार्यक्रमबाटै घोषणा गरेपछि मात्रै उनको ‘कोर टिम’ मा रहेका नेताहरूले त्यसको भेउ पाएका हुन् । सत्ता नै सडकमा ओर्लिर्एर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले आउँदो २३ गते महेन्द्रको सालिकतिर फर्किंदै भाषण गर्दै छन् । संग्रहालय बन्नुअघि निरंकुश भनेर फालिएको राजतन्त्रको अवशेष नारायणहिटीमा नहोला तर दरबारिया र राजतन्त्रलाई माया गर्नेहरूका लागि पुरानो शासन व्यवस्था सम्झाउने ठाउँ भने हो । यो पृष्ठभूमिमा समकालीन नेपाली राजनीतिमा आफूलाई संस्थापन देखाउन भरमग्दुर प्रयास गरिरहेका कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले सभा गर्ने र सम्बोधन गर्ने ठाउँ नारायणहिटीको आँगनलाई नै बनाउनुको कारण के होला ?

    नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले धर्मनिरपेक्षता र गणतन्त्रको उपलब्धिविरुद्धमा ओलीको पछिल्लो गतिविधिकै सिलसिलास्वरूप उक्त ठाउँ चयन गरिएको हुन सक्ने भन्दै त्यसले आफू अचम्ममा परेको बताए । ‘नारायणहिटी अघिल्तिर सभा हुँदै छ रे भन्ने सुन्दा म पनि छक्क परें, त्यो त हामीले २०४६ देखि आन्दोलन गरेको ठाउँ हो, सरकार नै गएर आन्दोलन गर्ने भनेको के हो, मैले बुझेको छैन तर पक्कै अर्थ छ,’ उनले भने, ‘सरकार सडकमा आउने भनेको मरीचमानको पालामा मात्रै थाहा थियो मलाई त । उनको मनमा के–कस्तो कुरा छ, ओली आफैं जानून् तर राममन्दिर, पशुपतिदेखि नारायणहिटी अघिल्तिरसम्मको कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय पनि हुन् ।’

    उनका विगतका नजिरले ओलीलाई धर्मप्रति आशक्त भनेर व्याख्या गर्नुपर्ने त्यतिविघ्न कारण भेटिन्नन् तर पार्टीभित्र र बाहिर पनि आलोचनाको अत्यधिक सिकार बन्दै गएपछि आफूलाई जोगाउन गरेका प्रयासले कहिले उनलाई अति दक्षिणपन्थीजस्तो र कहिले अति अग्रगामीजस्तो देखाइदिएको छ । आफ्नो वरिपरिको ठूलो समूहले विश्वास गर्न छोडेपछि उनको ध्यान पूर्वपञ्चहरूतर्फ मोडिएको विश्लेषण पनि हुन थालेको छ । उनीहरूकै मन जित्न ओली नारायणहिटी दरबार अघिल्तिर उभिएर विरोधीहरूमाथि औंला उठाउने यत्नमा छन् ।

    दाहाल–नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पछिल्लो समय ओलीलाई राजावादीले प्रशंसा गर्न थालेको र उनीहरूकै समर्थन पाउन नारायणहिटी दरबार छेउछाउ ठाउँ रोजिएको हुन सक्ने बताए । ‘ओलीजीले सर्वोच्चमा बहस गर्न राजावादी वकिल राख्नुभएको छ, २३ गतेको उहाँहरूको कार्यक्रममा राजावादीको समर्थन छ रे भन्ने सुन्दै छु,’ उनले भने, ‘हिजो कम्युनिस्ट नेता ऋषि देवकोटाको हत्या गर्नेहरू आज ओलीलाई महान् राजनेता भन्दै छन् । अहिले यो चिजले कुनै सकारात्मक सन्देश दिइरहेको हो र ?’ उनले २३ गतेको भेलामा ओलीले हिन्दु राज्यको घोषणा गर्दै छन् भनेर आफूले सुनेको बताए । बिनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।

    सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation