काठमाडौं । नेपाली सेनामा विभिन्न पदहरूमा नयाँ भर्नाका लागि आवेदन खुला भएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुला गरेको हो ।
लेखा जमदारमा २७ जना खुल्लातर्फ र बाँकी समावेशी गरी जम्म ५० जनाको माग भएको छ भने पूजारी हुद्दा पदमा खुल्लातर्फ दुई जना गरी चार जनाको माग भएको छ ।अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना र बाँकी समावेशीसमेत गरी ५३ जना माग गरिएको छ ।
बन्दोबस्ती कार्य सिपाहीको खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले निकालेको सूचनामा उल्लेख छ ।
सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको छ । कुचिकार पदमा खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ ।
चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जनाको माग गरिएको छ । लोहकार खुल्लातर्फ चार र समावेशीसमेत गरी ८ जना माग गरिएको छ ।
दुई जना धोबीको माग गरिएकोमा एक जना समावेशीको कोटा छुट्याइएको छ ।खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना केशकर्तक माग भएको छ। सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग गरिएको छ ।
पुस २१ गतेदेखि माघ २१ गतेभित्र दरखास्त भरिसक्नुपर्ने जंगी अड्डाले जनाएको छ ।