ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको प्रहरीले जनाउनुभयो । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका-४ का ४० वर्षीय जितबहादुर बोहरा रहनुभएको छ ।

सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक चिरबित्थड गाउँपालिका – ५ बस्ने ३२ वर्षीय नरेन्द्र महरा लगायत २ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing Now!

You might also like

Comments are closed.