सल्यान । सल्यानमा डिजेल बोकेर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। आज विहान जिल्लाको सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका जाँदै गरेको भे १ त ८३१४ ट्याक्टर जाजरकोटको छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सह-चालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।