पोखरा। पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Advertisement
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पोखरा–१३ की ३६ वर्षीय महिलाको बुधबार राति मृत्यु भएको हो । उनलाई कात्तिक ५ गते बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
सो प्रतिष्ठानको कोभिड अस्पतालमा ज्यान गुमाउने उनी २०औँ संक्रमित भएको अस्पतालले बताएको छ ।