प्युठानमा थप ५ जनामा कोरोना पुष्टि

गीता गौतम, प्युठान। प्युठानमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय प्युठानका कोरोना फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परिक्षणमा मल्लरानी गाउँपालिकाका ४ जना र प्युठान नगरपालिका १ जना गरि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सङ्गै हाल जिल्लामा कोरोना संक्रमितको संख्या ७६८ पुगेको छ ।
त्यस्तै आज थप ६ जना कोरोना संक्रमीत निको भएर घर गएका छन । निको हुनेमा गौमुखी गाउँपालिका ३, झिम्रुक गाउपालिका २,र प्युठान नगरपालिकाका १ जना रहेको श्रेष्ठले बताउनुभयो। योसंगै जिल्ला भर निको हुनेको संख्या ६३१ पुगेको छ ।

अब प्युठानमा जम्मा १३५ जना संक्रमीत छन। उनिहरुलाई विभिन्न आईसोलेशनमा राखिएको छ। भने यश अघि जिल्लामा कोरोनाका कारण दुई जनाको मृत्यु भई सकेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको हो ।

Sharing Now!

You might also like

Comments are closed.